२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

घरदैलोमा जुम्लाको स्याउ

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा, किलोको १५० रुपैयाँ

जुम्लामा उत्पादित स्याउ पोखरा हुँदै स्याङ्जासहित आसपासका जिल्लामा घरदैलोमै पुर्‍याएर प्रतिकेजी १५० रुपैयाँमा बिक्री गरिँदै आएको छ।

शुक्रवार , कार्तिक १३, २०८३

नेपालसेज/ स्याङ्जा।
जुम्लामा उत्पादित स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोसम्म पुग्न थालेपछि यसको माग बढ्दै गएको छ। विदेशी स्याउभन्दा सस्तो, स्वादिलो र स्वदेशी उत्पादन भएकाले जुम्ली स्याउ स्थानीय उपभोक्ताको रोजाइमा पर्न थालेको हो।
जुम्लाबाट बिक्रीका लागि ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलमा गाडीमार्फत पुर्‍याएर बिक्री गरिँदै आएको छ। यसरी घरदैलोमै स्याउ उपलब्ध हुन थालेपछि उपभोक्ताले उत्साहपूर्वक खरिद गर्ने गरेको व्यवसायी गौरीलाल सञ्ज्यालले बताउनुभयो।

सम्पादकीय सारांश

Verified

जुम्लामा उत्पादित स्याउ स्याङ्जाका उपभोक्ताको रोजाइमा पर्दै।

उपभोक्ताको घरदैलोमै प्रतिकेजी १५० रुपैयाँमा स्याउ बिक्री।

ट्रकमार्फत जुम्लाबाट पोखरा ल्याएर जिपबाट विभिन्न जिल्लामा पुर्‍याइँदै।

स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र पाल्पालगायतका जिल्लामा बजार विस्तार।

किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउने र स्वदेशी स्याउको प्रवर्द्धन गर्ने प्रयास।

सञ्ज्यालसहितको टोलीले जुम्लामा उत्पादित स्याउ ट्रकमार्फत पोखरा ल्याउने गरेको छ। त्यसपछि जिपको सहायताले स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पालगायत पोखरा आसपासका जिल्लाका विभिन्न टोलमा पुर्‍याएर बिक्री गरिँदै आएको छ। जुम्लामा उत्पादित स्याउ बजारसम्म पुर्‍याउन नसक्दा कुहिएर खेर जाने समस्या रहेको व्यवसायी सञ्ज्यालले बताउनुभयो। स्वदेशी उत्पादनको बजारीकरण, प्रचारप्रसार र बजार विस्तार गर्ने उद्देश्यले उपभोक्ताको घरदैलोमै स्याउ पुर्‍याउन थालिएको उहाँको भनाइ छ।

घरदैलोमै प्रतिकेजी १५० रुपैयाँमा स्याउ रोजेर किन्न पाउँदा उपभोक्ता उत्साहित भएको सञ्ज्यालले बताउनुभयो। उहाँका अनुसार दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको छ। एकपटक खरिद गरेका उपभोक्ताले पुनः सम्पर्क गरेर स्याउ माग्न थालेपछि यसको बजार विस्तार हुँदै गएको उहाँले जानकारी दिनुभयो। व्यवसायीले जुम्ली स्याउ सस्तो र स्वादिलो हुनुका साथै रङरोगन नगरिएको तथा अग्र्यानिक उत्पादन भएकाले उपभोक्ताको रोजाइमा परेको दाबी गरेका छन्। नियमित रूपमा स्याउका कार्टुनले भरिएका गाडी टोलटोलमा पुगेर बिक्री गर्ने गरिएको छ।

यसरी घरदैलोमै स्याउ उपलब्ध हुँदा उपभोक्ताले सहज रूपमा खरिद गर्न पाएका छन् भने किसान तथा व्यवसायीलाई पनि आफ्नो उत्पादनको बजार विस्तार गर्न सहयोग पुगेको छ। स्थानीय बजारमा जुम्ली स्याउको माग बढ्दै जाँदा स्वदेशी कृषि उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images